४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले अमेरिका र क्यानडासँग विश्वकप वार्मअप खेल खेल्ने

४ जेठ, काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मे मा क्यानडा र ३० मे मा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्