४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपतिपौडेल

४ जेठ , काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विधि सम्मत न्यायिकप्रणाली बाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुने बताएका छन् । नेपालबार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यमभएको भन्दै विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन कायम हुने बताए ।

 

उनले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुने हो भन्ने कुरा पनिहामीले विर्सन हुन्न ।’

 

उनले न्यायभनेर मात्र होइन महसुश हुनआवश्यक भएको भन्दै न्यायको सच्चा पहरेदार नेपालबार एशोसियसन सँगआवद्ध विद्वान कानुन व्यवसायी नै भएको बताए ।
उनले भने, ‘न्याय, न्यायभनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ, संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षमन्यायपालिका, कानुनी राज्यतथा मौलिकअधिकार प्रति विशेष चनाखो र सचेत हुननिर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपालबार एशोसिएसनसँगआवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ ।’

 

उनले न्यायको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आआफ्नै भूमिकाहुने हुँदाबार र बेञ्च बीचमा बेलाबेलामा छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे ।

 

उनले स्वतन्त्र, निष्पक्ष र सक्षमन्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशीलबार एशोसियसनले न्यायकानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्य मूलक छलफलबाट निस्कने निष्कर्षले मुलुक मान्यायपूर्ण एवम् सुशासन युक्तअवस्था सृजना गर्न मद्दतपुग्ने विश्वास व्यक्त गरेका छन् ।
न्यायपूर्ण जीवनशैलीबोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथिपनिहुन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्