३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

काेशी प्रदेश : मन्त्री र राज्यमन्त्रीले लिए सपथ

४ जेठ, विराटनगर । काेशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट सपथ ग्रहण गरेका हुन् ।

शुक्रबार आर्थिक मामिला तथा याेजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा याेजना मन्त्रीमा लिलाबल्भ अधिकारी नियुक्त भएका थिए । उनीहरू एमालेका हन् ।

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त, स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र
पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर मन्त्री बनेका थिए ।

माओवादी केन्द्रबाट बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र एमालेबाट सिर्जना राई विनाविभागीय राज्य मन्त्री बनेका छन् ।

प्रदेशमा ९ वटा मन्त्रालय छन् । पाँच एमाले र माओवादी केन्द्रले भागवण्डा गर्दा एकटा मन्त्रालय नेकपा एकिकृत समाजवादी पार्टीलाई छुट्याइएको छ ।

आज जिम्मेवारी पाएका उप्रेती र मगर २७ बैशाखमा मुख्यमन्त्री कार्कीसँगै विनाविभागीय मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्