१४ मंसिर २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग !

६ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘ सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, अदालतले भन्यो: गिरीबन्धुमा नीतिगत भ्रष्टाचार, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्ने ?, गजब छ बा !, बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग ‘ लगायतका ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् । यसअघि नेविसंघले संसद् भवनअगाडि पनि सहकारी ठगलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्