५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार

जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस् राष्ट्रपति

८ जेठ , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा हरेका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार गरेको शिष्टाचार भेटघाटका क्रममा उनले हिमाल जोगाउने मुद्दामा विमस्टेक गभ्भिर हुु आवश्यक भएको बताएका हुन् ।

‘हिमालदेखि सागरसम्म यो क्षेत्रकै मानिसको जीवन गासिएको छ, त्यही भएर जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दामा विमस्टेक गभ्भिर बनोस भन्ने मेरो आग्रह छ’, राष्ट्रपति  पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले विमस्टेकमा हाल रहेको पर्वतीय अर्थतन्त्रको क्षेत्रसँगै त्यसमा पर्वतीय वातावरण जोडेर काम गर्न सुझाव समेत दिए ।

राष्ट्रपति पौडेलले बंगालको खाडी क्षेत्रका राष्ट्रहरुबीच सहकार्य सुदृढ बनाउन यस मञ्चलाई नेपालले उच्च महत्व दिएको बताए ।

ऊर्जा, पर्यटन, कृषि, व्यापार र लगानी विमस्टेक क्षेत्रको साझा समृद्धिको महत्वकांक्षा पूरा गर्न  सहयोग पु¥याउने उच्च संभावना भएको क्षेत्रहरु भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

भेटका क्रममा महासचिव पाण्डेले जलवायु परिवर्तन विमस्टेकका सात सहयोगका क्षेत्रमध्ये एउटा महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै पर्वतीय पर्यावरण सन्तुलनमा राख्नका लागि विमस्टेकले काम गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्