५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाज

दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट १ हजार १ सय बढी लाभान्वित

८ जेठ, दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागार्इं स्मृति अस्पतालमा सञ्चालन गरिएको चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन् ।

रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागार्इं स्मृति अस्पताल चरिकोट दोलखाको संयुक्त आयोजनामा भएको शिविरलाई मेड (सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेटिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

नेपाल अपाङ्ग सङ्घ अर्थापेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ एनेस्थेटिस्ट चिकित्सक संयुक्त आचार्यका अनुसार दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताए।

शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । शिविरमा सम्पूर्ण शल्यक्रियामा चाहिने उपयोग्य सामग्री र औषधि निःशुल्क गरिएको डा आचार्यको भनाइ छ ।

शिविरको एक कार्यक्रमबीच चिकित्सकको टोलीलाई धन्यवाद दिँदै समापन गरिएको पशुपति चौलागार्इं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्