५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार

सबै स्थानिय तहमा सुहाउँने सिप सिकाएर विदेश जाने लहरलाई रोकौं मन्त्री अर्याल

९ जेठ, काठमाडौं ।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् ।

मन्त्री अर्यालले बुधबार काठमाडौंको टुँडिखेलमा महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ भन्ने नारासहित गत बैशाख १९ गते देखि सुरु भएको एक महिने सीप मेला अवलोकनका गरेका हुन् ।

अवलोकन पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले, देशभरीका ७ सय ५३ वटै स्थानीय निकायमा नै सुहाउँने किसिमको सिप सिकाउन सकियो भने देशमा स्वरोजगार सृजना गर्न सकिने बताए । सीप मेलाको माध्यमबाट विदेश जाने लहरलाई रोक्ने काठमाडौं महानगरपालिकाको उदाहरणीय प्रयास रहेको उनको भनाइ छ ।

उनले भने,‘सीप मेला कामपाको उदाहरणीय प्रयास हो । देशभरीका ७ सय ५३ स्थानिय निकायमा जे सुहाउँछ त्यो किसिमको सिप सिकाउन सकियो भने देशमा स्वरोजगार सृजना गर्न अनि विदेश जाने लहरलाई रोक्ने प्रयास हो यो । म महानगरलाई एकदमै धन्यवाद दिन चाहन्छु ।’

उनले मेलामा सिप सिकेकालाई जगमा पु¥याउनका लागि जेष्ठ १७ गतेदेखि २९ गतेसम्म मन्त्रालयले आयोजना गर्न लागेको रोजगार मेलामा सहभागि हुन आग्रह गरे ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ भने जसमा २९ प्रकारका पेशागत तालिमको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्