बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गरे संसद भंग
बेलायतमा निर्वाचन कहिले हुने हो भनेर चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले आफ्नो कार्यालय डाउनिङ स्ट्रिटबाट झमझमपानी परिरहेको बेलामिति नै घोषणा गरिदिएका थिए ।सुनककै पार्टी भने यस पटक विपक्षी सँग प्रष्पिर्धामा पछि परिने विश्लेषण गरिरहेको छ । उसले आउँदो निर्वाचनलाई जोखिमपूर्ण भनेर आफैंले टिप्पणी गरेको छ ।सन् १९९७ मा पूर्व प्रधानमन्त्रीटोनी ब्लेयरको नेतृत्वमा डाउनिङ स्ट्रिटको ढोकाबाहिर प्रदर्शनकारीहरूले बजाएको लेबरको चुनावी विजयको गानसुनेका सुनकले आफूले प्रधानमन्त्रीका रूपमामा त्रनभई पूर्व सरकारका उपलब्धिहरू पनि गणनायोग्य रहेको बताएका छन् ।
‘अब बेलायतको लागिआफ्नो भविष्यछनौट गर्ने र हामीले गरेको प्रगतिलाई निर्माण गर्ने वा स्क्वायर वनमाफर्किने जोखिम छ कि छैन भनेर निर्णय गर्ने समय हो,’ सुनकले भनेका छन् ।
‘आगामी केही हप्ताहरूमा, म हरेक भोटको लागी लड्नेछु, म तपाइँको विश्वास कमाउनेछु र म तपाइँलाई प्रमाणित गर्नेछु कि मेरो नेतृत्वमा रहेको कन्जरभेटिभ सरकारले मात्रहाम्रो मेहनतको आर्थिक स्थिरतालाई जोखिममा पार्ने छैन’ सुनकले भने, लेबर नेता केयर स्टारर सधैं सजिलो बाटो रोज्ने तर उनीसँग कुनैनवीन योजना नभएको आरोप लगाए।
सुनकमत सर्वेक्षण मा लेबर भन्दा धेरै पछि परेको मात्रहोइन, आफ्नो पार्टीका केही व्यक्तिहरू बाट केही हदसम्म अलग्गिएर चुनावी मैदान मा उत्रेको विश्लेषण गरिएको छ ।
सुनकले झन्डै तीनवर्षमा घट्दो मुद्रास्फीति र अर्थतन्त्रको तीव्र गतिमा बृद्धिहुने जस्ता केहीआर्थिक लाभका कारण अब जोखिम मोलेर नयाँ कार्यकालका लागिआफ्नो एजेन्डा औपचारिक रूपमा मतदाता समक्ष प्रस्तुत गर्ने समय आएको बताएका छन
प्रतिक्रिया दिनुहोस्