३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कञ्चनपुरमा विद्युतको तार सर्ट हुँदा आगलागी

१० जेठ , कञ्चनपुर । कञ्चनपुरमा विद्युतको तार सर्ट हुँदा कपास उद्योगमा आगलागी  भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ नौलाखेत खैरानी चौराहा स्थीत भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने जगत सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो ।

आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समान गरी अन्दाजी ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।

प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्