३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाज

धनुषामा क्रसरको फित्तामा टाउको फँसेको अवस्थामा युवकको शव भेटियो

१० जेठ , जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फँसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सञ्चालित कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो ।

मजदुरका रुपमा काम गर्ने उनको राति ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको हो । त्यही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शंका रहेको दावी गरे । उनले क्रसर सञ्चालक सबै घटना पश्चात् फरार भएकाले सुक्ष्म अनुसन्धान गर्न माग गरे । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्