यस्तो छ आजको मौसम ,यि ठाउमा भारी बर्षाको सम्भावना
![](https://www.ratokagaj.com/wp-content/uploads/2024/02/Kathmandu-raining-weather.jpg)
११ जेठ , काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–
भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्