३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

१६ वर्षपछि पुनः ‘सानो संसार’

११ जेठ , काठमाडौं । १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ ।

मुहुर्तमा फिल्मकी प्रमुख कलाकार सीतादेवी तिमल्सिनाले मुहुर्त सट, फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप हिर्काए भने निर्माता अर्जुन कुमारले नरिवल फोडेका थिए ।

फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीको ‘डेब्यू’ अभिनय रहने छ । यही जेठ २५ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं, धादिङ र नुवाकोटमा खिचिनेछ । फिल्मको रिलिज भने असोज १७ गते हुनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको व्यानरमा फिल्म बन्न लागेको हो । निर्माता अर्जुनकुमारले १६ वर्ष अगाडी यही नाममा दिवंगत निर्देशक आलोक नेम्वाङले निर्माण गरे पनि पहिलाको फिल्मसँग कुनै सम्बन्ध नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्