६ आश्विन २०८१, आईतवार
अर्थ मुख्‍य समाचार

डलर स्थिर रहँदा बढ्यो पाउण्ड र युरोको विनिमय दर

१३ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, आज युरो बढेर आएको छ । सोमबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९० पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा पुगेको छ । आइतबार युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०४ पैसा र बिक्री दर १६९ रुपैयाँ ८० पैसा रहेको छ । आइताबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको थियो ।

आज कतारी रियाल आइतबारको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्