६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१४ जेठ, काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाल छिन् । सातदोबाटोमा बाटो काट्ने क्रममा उनलाई ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी सुवेदीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्