पोखरामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार
१५ जेठ, काठमाडौं। पोखरा महानगरपालिका-८ जाल्पारोडमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार गरिएको छ ।
४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्यक्तिले नवजात शिशु छाडेर फरार भएको सूचनाका आधारमा पोखराको सृजनाचोकबाट खटिएको प्रहरीले नवजात शिशुको उद्धार गरिएको हो ।
प्रहरीका अनुसार नवजात शिशुलाई उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्