६ आश्विन २०८१, आईतवार
अर्थ मुख्‍य समाचार

सहकारी सञ्चालकको धितोमा सरकारले समसयाग्रस्त सहकारीको ५ लाखसम्मको बचत फिर्ता गर्ने

१५ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको साना बचकर्तालाई सञ्चालककको सम्पत्ती धितोमा बचत फिर्तँ गर्ने भएको छ ।
बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहहकारीको सञ्चालक र एकाघर परिवारको सदस्यको सम्पत्ती धितोमा ५ लाखसममको बचकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको हो ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै सहकारी सम्बन्धी कानुन संशोधन गर्ने घोषणा गरे ।

उनले सहकारीको सिद्धान्त र नीति अनुसार सहकारी सञ्चालन हुने व्यवसथा गर्ने बताए । यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारीोा नियमन गर्न नियामक स्थापना गर्ने उनले बताए । यस्तै बचत तथा ऋण सहकारी मर्जर सहजिकरण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्