३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा

१६ जेठ , काठमाडौं । दक्षिणकोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुध्द हडतालमा उत्रने चेतावनी दिएका छन् ।

तलव सुविधा सम्बन्धीलामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमितवार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुन नसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका छन् ।

कामदारहरुले वार्ता असफल भएको विरोधमापहिलो पटक वाकआउट चिन्हलगाउने भएकाछन् । आजबाट उनीहरु सार्वजनिक प्रदर्शनीमा उत्रने तयारी मा छन् ।

‘व्यवस्थापनले मजदुरलाई बेवास्ता गर्ने प्रवृत्तिका कारण हडताल घोषणागर्छौं,’ मजदुर युनियनले भनेको छ ।

विश्वका७४ देशमाव्यापार विस्तार गरेको सामसुङमा २ लाख७० हजार कामदारले रोजगारी पाएकाछन् ।

प्रतिक्रिया दिनुहोस्