६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाज

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

१७ जेठ , सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो बिहीबार बिहान राति २ बजेतिर दुर्घटनामा परेको हो ।

घटनामा मृतक र सवार यात्रुका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्