सुर्खेत जिप दुर्घटना : मृतक चारै जनाको सनाखत
१७ जेठ, सुर्खेत । सुर्खेत जिप दुर्घटनामा परी ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
कालिकोट शुभ कालिका गाउँपालिका-३, का ४० वर्षीय तन्त बि.क., साेही ठाउँका १७ वर्षीय बिरेन्द्र बि.क, २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका -४, का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
जिपमा ६ जना सवार रहेको दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कालिकोटका नरी विक र नरेन्द्र विष्ट रहेका छन् । घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्