६ आश्विन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार

नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

१८ जेठ , काठमाडौं । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।

डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो ।  घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो ।

झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुनः वर्षा सुरु भयो । त्यस पछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे ।

अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो । दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ । नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ । नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्