सुनको मुल्यमा भारी गिरावट
२० जेठ, काठमाडौं । सुन मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोलामा रु २०० ले गिरावट भएको हो । आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो ।
चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्