४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

एलन मस्कको आफू एलियन भएको दाबी, छिट्टै प्रमाण पनी पेस गर्ने

२० जेठ , काठमाडौँ । सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहीरहेका हुन्छन्  । यसपटक भने उनले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका छन् ।

मस्कले एउटा अन्तरवार्ताका क्रममा आफू एलियन भएको दाबी गरेका हुन् । त्यतिमात्र होइन उनले आफू एलियन भएको सबूत प्रमाण पनि छिटै नै पेस गर्ने बताएका छन् ।

अन्तरवार्ताकारले मस्कसँग सोधेका थिए-कतिपय मानिसहरुलाई लाग्छ कि तपाईं मानिस होइन, एलियन हो ।त्यसको जवाफमा मस्कले आफू एउटा एलियन भएको र मानिसहरुलाई सोही कुरा भन्ने गरेको भएता पनि आफूमाथि कसैले पनि विश्वास नगर्ने बताएका हुन् ।

सोसल मिडियामा सबूत पेस गर्ने

एलन मस्कले यसपटक आफूलाई केवल एलियन मात्र भनेनन् सोसल मिडियामा त्यसको सबूत पनि दिने कुरा गरेका छन् । यद्यपि त्यस्तो प्रमाण उनले कहिले पेस गर्छन् ? भन्ने चाहिं खुलाएका छैनन् । त्यसैले कतिपयले त्यो केवल ठट्टा मात्र भएको पनि आशंका गरेका छन् ।

त्यतिमात्र होइन एलन मस्कले मानिस तथा आर्टिफिसियल इन्टेलिजेन्सका बरोमा पनि केही विचार व्यक्त गरेका छन् । मानिसले नै एआईलाई अर्थ र उद्देश्य प्रदान गर्ने उनको भनाइ रहेको छ ।

यसलाई विस्तृतमा बताउनका लागि उनले हाम्रो मस्तिष्कको तुलना एआईको काम गर्ने तरिकासँग गरेका छन् । एलन मस्कले मस्तिष्कको बारेमा बुझाउँदै हाम्रो मस्तिष्कमा मुख्य दुईवटा भाग हुने बताएका छन् । त्यसमा एउटा Limbic System हुने र त्यसले हाम्रो ज्ञान तथा भावनाहरुलाई नियन्त्रण गर्ने उनको भनाइ छ ।

त्यस्तै मस्तिष्कको दोस्रो भाग cortex हो, जसले विचार र योजनालाई नियन्त्रण गर्दछ। Cortex ले सदैव नै Limbic लाई खुसी राख्ने कोसिस गर्दछ । उनका अनुसार एआई पनि झण्डै यस्तै हुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्