३ आश्विन २०८१, बिहीबार
मनोरन्जन समाचार

‘डान्स च्याम्पियन सिजन २’ सुरु हुँदै

२४ जेठ, काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ आगामी आइतबारदेखि सुरु हुने भएको छ ।

आयोजक आइडीए स्टुडियोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ २७ गतेबाट ‘डान्स च्याम्पियन सिजन २’ प्रसारण हुने जानकारी गराएको हो ।

शो एपीवान टेलिभिजनमार्फत प्रसारण हुने आयोजक आईडिए स्टुडियोले जनाएको छ ।

सिजन टु मा सहभागीले सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाउने जनाइएको छ ।

प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको उक्त शोको अडिसन राउण्ड सकिइसकेको छ ।

शोका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए ।

उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यी सबै कलाकारिताका एक अर्काका परिपूरक हुन् । जब म कलाकार बन्न आएको थिएँ, त्यति बेला यस्तो डान्स रियालिटी शो खासै थिएन । कहाँ सिक्ने होला भन्ने थियो । डान्स स्कुलहरू थिएनन् । चाहेर पनि डान्स सिक्न पाइनँ ।

प्रतिक्रिया दिनुहोस्