३ आश्विन २०८१, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार

कर्णालीलाई अझैपनि विकास र संमृद्धिले छुन सकेको छैन : संग्रौला

३० जेठ , सल्यान । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कर्णालीलाई अझैपनि लोकतन्त्र, विकास र समृद्धिले छुन नसकेको बताएकी छन् । सरकारले यही वर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटले पनि कर्णालीलाई छुन नसकेको उनको भनाइ छ ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा नेता संग्रौलाले आफूहरुको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तरसंवाद, रुपान्तरण एवम सुद्धिकरण आवश्यक रहेको बताइन् ।

‘हामी कर्णाली यात्रामा हिड्दा यहाँका बासिन्दाले लोकतन्त्र र समृद्धिको अनुभुत गर्न नपाएको, कार्यकर्ताहरु अन्यायमा पर्नुभएको पायौँ,’ उनले भनिन् । कर्णाली यात्राका क्रममा कांग्रेस पार्टीप्र्रति जनताले ठूलो अपेक्षा रहेको बताएको उनले बताइन् । धेरै जनताको अपेक्षा सरकार र पार्टीले पूरा गर्न नसकेको उनको भनाइ थियो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आएको १७ बर्ष बित्यो । तर कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन । विकास र समृद्धिले कर्णालीलाई जोड्न सकेन, सरकार फेरियो कर्णालीका जनताको अनुहार फेरिएन, समस्या फेरिएन र गरिवीको रेखामुनी रहेका जनतालाई कांग्रेसले हेर्नुपर्ने प्रस्ताव कर्णालीबासीले राख्नुभएको छ,’ उनले भनिन् ।

कांग्रेसले अन्य दलसँग गरेको गठबन्धनले धेरै कार्यकर्ताहरुलाई अन्याय भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्