मकवानपुरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट
३० जेठ, काठमाडौँ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जेस्याङतानको घरमा आगलागी हुँदा घरमा राखेको सबै अन्न नष्ट भएको छ ।
मकवानपुरगढी गाउँपालिका–३ धमिलेस्थित अध्यक्ष स्याङ्तानको काठको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा २५ मुरी धान, १५ मुरी कोदो, १० मुरी मकै, लत्ताकपडा, फर्निचरलगात सामान जलेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्