३ आश्विन २०८१, बिहीबार
खेलकुद प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

टी–१० क्रिकेटमा निङ्लाशैनी ग्वाल्लेक विजयी

३१ जेठ, बैतडी । बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता सुरू भएको छ । आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो ।

निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतिक बोहराले अर्धसतकीय पारी खेले । ‘म्यान अफ दी म्याच’घोषित भएका उनले अविजित ५१ रन बनाए । यस्तै सुशील बोहराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए । बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए ।

यसअघि निङ्लाशैनी खेल मैदान, देहिमाडौँमा पहिला ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएका थियो । उसका लागि ऋषिकेश बोहराले अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई दुई विकेट लिए ।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्