Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तनहुँमा च्याउ खाँदा ५ जना बिरामी

रातो कागज
10 महिना अघि

३ असार, तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन् । उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डिएसपी दिपककुमार रायले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया