८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

विधेयक संशोधन प्रस्ताव स्वीकृत

४ असार,  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरु भाग लिएनन् ।
त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव पेस गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्