४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार राजनीति

राहुल गान्धीले त्यागे केरलाको वायनाड, रोजे रायबरेली

काठमाडौं । कांग्रेस नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएका छन् । लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन् । लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ ।

गान्धीले राजीनामा दिनुअघि कांग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए । लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए ।

सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कांग्रेसका ९८ सांसद रहनेछन् । कांग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्