३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

प्रदेशसभाको बैठक बिहीबार प्रारम्भ हुने

५ असार, मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसारसो बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१-८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल प्रारम्भ भई यही असार ८ गतेभित्रै सो बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

असार १ गते साँझमा बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्