३ आश्विन २०८१, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जाजरकोटमा बाढीले शिक्षकको मृत्यु

९ असार, काठमाडौं । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ ।

शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् ।

‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ । अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भनिन् ।

उनका अनुसार शनिबार राती ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो।

बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताइन् ।

तर अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन् ।

रोकाया गाउँपालिकाकै वडा नम्बर–४मा रहेको मालटाकुरा माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्