८ आश्विन २०८१, मंगलवार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले अस्ट्रेलियालाई दियो १ सय ४९ रनको लक्ष्य

९ असार, काठमाडौं । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय  ४९ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो। राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।

अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो । पहिलो विकेटको लागि १५ दशमलब ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो ।

४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले । जतिबेला अफगानस्तानको स्कोर बोर्डमा ११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्टे«ेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए ।

यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६.३ ओभरमा अजमतुल्लाह उमरजाई र १६.६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।

भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ। अष्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्