७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

तितुङ हत्याका दोषीलाई कारबाहीको माग

९ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश  बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाका मकवानपुरका शुकबहादुर तितुङको परिवारलाई राहत दिन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोलेका बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे ।

‘पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले शुकबहादुर तितुङ लगायतका जनताहरुलाई आक्रमण गरे गोली हानेर शुकबहादुर तितुङको हत्या गरे ।’

उनले यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियता समेत नराखी तितुङको हत्या गरेको बताए ।

बर्तौलाले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै उक्त हत्याका दोषीलाई कारबाही गरिनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘घटना भैसक्यो दोषी सुरक्षाकर्मीलाई पहिचान गरी कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्