७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गृहमन्त्रीलाई शर्माको प्रश्न–जिबी राईको लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?  

९ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनि दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन वितिसक्दा समेत राई किन प्रक्राउ परेनन् भनि प्रश्न गरे ।

उनले भने, ‘देशलाई जिबीको लोकेशन चाहिएको होइन, जिबी चाहिएको हो ।’उनले थपे, ‘गृहमन्त्रीजिले लोकेशन पत्ता लाग्यो भनेको चार दिन भयो । प्रतिपक्षमा हुँदा उहाँले यहीं सदनमा उभिएर सरकारले पक्रिनै चाहेन, चाहेको भए पक्रिन यतिका समय किन लाग्छ भनेर भन्नुभएको थियो । अब लोकेशन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ ?’उनले प्रश्न गरे ।

त्यसअघि उनले राईलाई पक्राउ नगरेर व्यवसायीक साथीलाई भगाउने नियत गृहमन्त्रीले राखेको होकि भन्ने आशंका व्यक्त गरे ।

‘संसारलाई थाहा छ गोरखा मिडियाका दुई जना सञ्चालकमध्ये एक जना फरार छन्, एक जना गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार भएको व्यवसायीक साथिलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजिले गिरफ्तार गर्नु छ । त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिके के नयाँ शैली हो ? केटाकेटी पन हो या भगाउने नियत हो ?’शर्माले भनेका छन् ।

मलेसियासँग सुर्पुदगी सन्धी नभएका कारण जिबी राईलाई पक्रिन कठिन भए पनि असम्भव भने नभएको धारणा शर्माको छ ।

 

प्रतिक्रिया दिनुहोस्