९ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार

अफगानिस्तानले बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

११ असार, काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो ।

सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। यस्तै, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन बनाए ।

बंगलादेशका रिशाद होसैनले सर्वाधिक ३ विकेट लिए । यस्तै, तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए ।

सेमिफाइनल प्रवेशका लागि आजको खेल दुवैका लागि महत्वपूर्ण रहेको छ । बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ भने अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरे बंगलादेशको समेत सेमिफाइनल पुग्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्