९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति

अहिलेको व्यवस्थाप्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

१३ असार ,काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले,अहिलेको व्यवस्थाप्राप्तीको लागिसाहित्यिकपत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिकपत्रकार संघको स्थापनादिवस तथा सम्मानकार्यक्रमलाई सम्बोधनगर्दै मन्त्रीशर्माले, वर्तमानव्यवस्थाप्राप्तिकालागि राजनीतिक क्षेत्रको मात्रनभइ साहित्यिक क्षेत्रको पनिउत्तिकै योगदान रहेको बताएकीहुन् ।

उनले भनिन्,‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाईबदल्ने कुरामापनि यो क्षेत्रले महत्वपूर्ण भूमिकानिर्वाह गरेको छ । अहिले हामीजहाँ छौं, जुनव्यवस्थामा छौं । त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्थाप्राप्तीकानिम्तिराजनीतिक क्षेत्रको मात्रहोईन पनि साहित्य क्षेत्रको पनिउत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । साहित्य र राजनीतिलाई जोडेर जुन ढङ्गले परिवर्तन रुपान्तरणमा लाग्नुभयो । साच्चिकै प्रेरणाको श्रोत हुनुहुन्छ ।’

मन्त्रीशर्मालेदेशको व्यवस्था परिवर्तन भएतापनिआचरणमा परिवर्तन,संस्कार र संस्कृतिभने परिवर्तन गर्न नसकेको गुनासो गरिन् ।

आशा भरोसा गरेको व्यतित्वहरुबाट आचरणमा,संस्कार र संस्कृतिमा परिवर्तन  गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषयखोज र अनुसन्धान कै विषय बनेको उनको भनाइ छ ।

उनले भनिन्,‘हामीले यत्रो व्यवस्था गर¥यौं । यहाँसम्मआयौं । तर हामीले हामो आचरणमा परिवर्तन गर्न सकेनौं । हाम्रा संस्कार संस्कृतिकिन परिवर्तन गर्न सकेनौं ?हामीले आशा भरोसा गरेको व्यतित्वहरुबाट नै किनत्यो खालको आदर्श विचार निष्ठाबाट किनहामी स्खलनभईरहेको छों ?भन्ने विषयपनि एउटा खोज अनुसन्धान कै विषय बनेको जस्तो लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्