९ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार

कोपा अमेरिका : घरेलु टोली अमेरिका पराजित

१४ असार ,काठमाडौं । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार विहान सकिएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।

जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो ।

१० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औं मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औं मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औं मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।

८८ औं मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ ।

समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ । यही समूहमा उरुग्वे पनि तीन अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अंकवीहिन हुँदै तालिकाको पुच्छारमा छ ।

प्रतिक्रिया दिनुहोस्