४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२३ असार , काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको  हो ।

शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज  १ लाख ४५ हजार ४ सय  रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने  १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्