८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाज

राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग

२३ असार , काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ ।

आइतबार बसेको संसदीय दलकोको निर्णय सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नर्णय गरिरहेको बताए ।

उनले भने, ‘यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परिसकेको छ । तर अझै पनि राजीनामा दिएको अवस्था छैन् । त्यसैले बैठकले अविलम्व राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि बैठकले माग गरेको छ । अहिले सरकारले अल्पमतमा परेर पनि विभिन्न निर्णय गरिरहेको छ भनेर बाहिर आएको छ । सरकारले निर्णय गर्ने हैसियत राख्दैन । यसरी निर्णय गर्ने राष्ट्र हित विपरीत हुन्छ । त्यसैले हाम्रो पहिलो माग अहिलेको अहिल्यै राजीनामा माग्नु हो ।

उनले विश्वासको मत लिने भनेएका  छन् । विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’
उनले १० दिन समय माग्दै प्रधानमन्त्रीले के बहानामा अल्झाइरहनुभएको छ भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्