११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

राष्ट्रियसभा : अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द अभिलेखबाट हटाउन माग

२३ असार , काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएको छ ।

राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताउनुभयो । साथै उहाँले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे । उहाँले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निक्र्यौलगरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्