८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार समाज

जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी

२३ असार , काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन् ।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिए । आजका दिन नेपाललगायत एक सय ६५ देशमा यो यात्रा भइरहेको पनि उहाँले सुनाए ।

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट, नेपाल वायुसेवा निगम, न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको सचिव गौरादासले बताए । समापनपछि टुँडिखेलमै प्रसाद पनि वितरण गरिएको थियो । रथयात्रामा हजारौँ मानिस उत्साहका साथ सहभागी भएका थिए ।

नेपालमा फरक–फरक दिन वर्षमा एक दिन ११ स्थानमा जगन्नाथ रथयात्रा हुने गरेको छ । बौद्ध, पोखरा, विराटनगर, धरान, इटहरी, राजविराज, जनकपुर र वीरगञ्जलगायत स्थानमा जगन्नाथ रथयात्रा गर्ने गरिएको इस्कोनले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजित एक विशेष समारोहका बीच सो रथयात्रा महोत्सवको शुभारम्भ गरेएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती पनि गरेएका थिए ।

प्रतिक्रिया दिनुहोस्