४ आश्विन २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार समाचार

भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई

२३ असार, काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्षको पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई प्रदान गर्ने निर्णय गरेको छ । चिकित्सा क्षेत्रमा लामो सयमदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै यस संस्थालाई पुरस्कार प्रदान गर्ने निर्ण भएको प्रतिष्ठानले जनाएको छ ।

थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिष्ठानले विगत तीन दशकदेखि राष्ट्रिय विभूति थापाको स्मृतिमा इतिहास वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष यही पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु एक लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्