४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अक्षय कोष स्थापना

२४ असार , दमक झापा । दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पु¥याउने उद्देश्यले रु एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ ।

क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रीता बस्नेत श्रेष्ठले स्वर्गीय ससुराबुवा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा रु एक लाख ५० हजार पाँच सय ५५ को कोष स्थापना गर्नुभएको हो ।

क्याम्पसका पूर्वकर्मचारी हरिकृष्ण तिम्सिनाले आफ्ना मातापिताको सम्झनामा रु ५१ हजार राशिको स्वर्गीय नरपति–विष्णुमाया तिम्सिना स्मृति अक्षय छात्रवृत्ति कोष स्थापना गर्नुभएको क्याम्पसका प्रशासन प्रमुख पदम घिमिरेले जानकारी दिए । क्याम्पसमा विभिन्न दाताहरुबाट हालसम्म एक दर्जनबढी अक्षय कोष स्थापना गरिएका छन् ।

क्याम्पसको वातावरण सेलले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, वातावरण सेलका संयोजक वासुदेव काफ्ले, स्ववियु सचिव दीपक लिम्बू, स्ववियु सदस्य सञ्जय राई, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति थियो । वृक्षरोपण कार्यक्रममा क्याम्पस परिसरमा विभिन्न प्रजातीका बिरुवा रोपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्