३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

फाल्गुनन्द सडक अवरुद्ध

२५ असार,झापा । बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् ।

माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए ।

प्रतिक्रिया दिनुहोस्