५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेको क्लबले रास्वपा कब्जागर्याे : मुकुल ढकाल

२६ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री र प्रवक्ता मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेको गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताएका हुन् ।

उनले भने, ‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन ।’

साथै, उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको बताए । ढकालले भने, ‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

रवि लामिछानेले आफ्नो गल्ती सबै अरुमा थोपार्ने काम मात्र गर्दै आएको पनि उनको आरोप छ ।

उनले भने, ‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन, रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’

 

 

प्रतिक्रिया दिनुहोस्