१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

विश्व जनसंख्या दिवस : जनसंख्या बृद्धि नियन्त्रणमा राख्न मुख्य चुनौती

२७ असार , काठमाडौं । नेपालसहित विश्वभर आज(विहीबार) विश्व जनसंख्या दिवस मनाइँदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या पाँच अर्ब पुगेको अवसरमा आजको दिनलाई विश्व जनसंख्या दिवस मनाउन थालिएको हो ।

विश्व जनसंख्या दिवस मनाइरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौती बन्ने देखिएको छ ।

यद्यपि कुनै देशमा भने जनसंख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौती बन्दै गएको छ ।जनसंख्यावृद्धिवास्तवमाअवसरहोयाचुनौतीभन्नेविषयमाविश्व्यापीबहसकोविषयबन्दैगइरहेकोछ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या करिव तीन करोड पुगेको छ ।जसमध्येपुरुषकोतुलनामामहिलाकोजनसंख्याधेरैरहेकोछ ।

पछिल्लो दशकमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।योजनसंख्याबृद्धिदरत्यतिधेरैचुनौतीकोबिषयतहोइनतरजनसंख्याबृद्धिकोअनुपातनियन्त्रणमैराख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकाले नियन्त्रणमा ध्यान दिनु जरुरी रहेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको प्रक्षेपणअनुसार विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । सन् २०२२ मा नै विश्वको जनसंख्या आठ अर्ब पुगेको थियो । जसमा सबैभन्दा बढी जनसंख्या चीनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्