९ मंसिर २०८१, आईतवार
मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन्

सुनिलबाबु पन्त

२७ असार , काठमाडौं ।

यौनिक अल्पसंख्यकबारे विशेष अध्ययन गरेमात्र वास्तविक तथ्य आउँ

हर्मोन सेवन र यौन अंग प्रत्यारोपणलाई कानुनले सम्बोधन गरेको छैन्

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकारका लागि बहस हुने थालेको लगभग २५ बर्ष पुगेको छ । फरक लैङ्गिक पहिचान भएका हामी केही साथीहरु काठमाडौंको रत्नपार्कमा जम्मा भएर संगठित रुपमा अभियान सुरु गरेको थियौं । मैंले नै अगुवाइ गरेर सडकमा भौतारिरहेका गरेर अभियान चलाएका हौं । जसको परिणाम स्वरुप यौनिक तथा लैङ्गिक अल्पसंख्यक अर्थात लेस्बियन (महिला समलिंगी), गे (पुरुष समलिंगी), बाइसेक्सुअल –उभयलिंगी), ट्रान्सजेन्डर (पारालिंगी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदायलाई नेपालको संविधानले पनि सम्बोधन गरेको छ ।

समूदायका व्यक्तिले यतिबेला नागरिकता तथा राजनीतिक पहिचान प्राप्त गर्दै गएका छन् । यस्तै संविधानले समूदायलाई यौनिक अनि लैङ्गिक अल्पसंख्यक भनेर पहिचान दिएको छ ।  संविधानको धारा १२, १८, र ४२ को धाराहरु छन् जसका कारण यो समूदायको समानता, हक अधिकार, समावेशीताको  संविधानले ग्यारेन्टी गरेको छ । अहिले आएर सर्वोच अदालतको अन्तरिम आदेशबाट अस्थाइ अभिलेख राख्नेगरी विवाह गर्न दिनुभन्ने आदेश अनुसार बिस्तारै समूदायका व्यक्ति व्यक्तिबीच विवाह गर्न पाउने व्यवस्था भएको छ । विवाह दर्ता सुरु भएको छ ।

अहिले केही हदसम्म यौनिक अल्पसंख्यकहरूलाई समाजले स्वीकारेको देखिन्छ । हाम्रो मुलुकमा कुल जनसंख्याको ८ देखि १० प्रतिशत जनसंख्या यही समूदायका व्यक्तिहरु छन् भन्ने अनुमान पनि छ । संख्या धेरै पनि हुनहुन्छ । तर यसलाई राज्यले  जनगणनामा लगेको छैन् । विपरित लिङ्गी महिला हो कि पुरुष हो भन्ने कुरै गरेन राज्यले । बाँकी रहेका तेस्रोलिङ्गीका सवालमा जनगणनाले लेख्न खोज्यो तर त्यसको गणना कसरी भन्ने कुरामा पूर्ण रुपमा भरपर्छ ।

गणकले कस्तो ढंगले गणना लियो, परिवारले बतायो कि बताएन भन्ने  आधारमा फरक धेरै नै पर्न जान्छ । पितृसत्तात्मक समाज भएकाले हामी बुवाहरुलाई नै  सोध्ने  गर्छौं–कती छोराछोरी छन् ? भनेर यस्तो अवस्थामा परिवाले छोरा यति छोरी उति भनेर बताउन खोज्छ वा वताउने गर्छन् । तर मेरो छोरा या छोरी तेस्रोलिङ्गी हो भनेर भन्न रुचाउँदैनन् । अर्को कुरा जो  समाजमा आफ्नो लैङ्गिक पहिचान पुरुष वा महिलाभन्दा फरक हो भनेर खुलेका छन् उनीहरुलाई घरमा बस्ने वातावरण मिल्दैन् । तिनीहरु सहरतिर  आइसकेका हुन्छन् । जसका कारण तेस्रोलिङ्गीहरुको डाटा धेरै नै छुटेको छ । ।

यसलाई तथ्यांक विभागले पनि महशुस त गरेको छ । अलिकति पहुँचमा ल्याउनको लागि गा¥हो भइरहेको छ । लुकेको समूदाय रहेकाले घरघरमा सोधेर डाटाहरु सही आउन सक्दैन । यसमा विशेष खालको अध्ययन गर्न सक्नुपर्छ । तर पछिल्लो समय तथ्यांक विभागले यस्तो अध्ययन गर्नका लागि सोही अनुसारका कार्यक्रम अघि सारिरहेको छ । यसका लागि एशियाली विकास बैंकले पनि सहयोग गरिरहेको छ ।

सन् २०२१ को ठ्याक्कै १० वर्ष अगाडि २०११ मा पनि हामीले समूदायको जनसंख्या गणना गर्नुपर्छ भनेर भनेका थियौं । त्यसबेला यस समूदायको कुनै  मान्य छैन भनेर मानिसहरुले भनिरहेका थिए । तरपनि टाउको गनेर जम्मा १ सय ५० जना मात्र तेस्रोलिङ्गीहरुको संख्या आएको थियो । अनि तथ्यांक विभागले यति थोरै संख्या पनि के राख्ने  भनेर ७५ पुरुष ७५ महिला भनेर छोड्दिनुभयो । त्यो बेला पनि तथ्य डाटा आउँदै आएन ।

तर यसपालीको गणनामा पनि त्यस्तै अवस्था आयो । २९ सयको हाराहारीमा जनसंख्या आएको छ । यति न्यून तथ्यांक आउनुको मुख्य कारण तालिम जनचेतना नफैलाएको, जनगणना आउँदै छ भन्ने सन्देश नै फैलाइएन । तपाईंहरुले आफ्नो परिवारभित्र कोही तेस्रोलिङ्गी हुनुहुन्छ भने गर्व गर्नुस्,खुलेर बताउनुस्, उनीहरुको भविष्यसँग जोडिएको कुरा छ यसमा लाज मान्नुपर्ने केही कुरा छैन, हाम्रो राज्यले यसलाई एउटा स्थान दिइसकेको छ, स्वीकारेर आउनुस उहाँहरुबारे राज्यले थाहा पाउन आवश्यक छ भन्ने किसिमका कुनै कुराहरु भएन् ।

सोध्न जाने गणक पनि लाज मान्ने, भन्ने मान्छे त झन लाज मान्ने प्रवृत्तिले तेस्रोलिङ्गीहरुको तथ्य निकाल्न सकिएको छैन । अब यस विषयमा अलिक बढी अध्ययन गरेर फरक तरिकाले तथ्यांक विभागले काम गर्न खोजिरहेको छ । त्यसमा अझ बढी छलफल,साझेदारहरु वा मिडियाहरुले विभागलाई साथ दियो भने तथ्य निकाल्न सजिलो हुन्छ । सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्था धेरै छन् ।  तिनीहरु धेरै  ठाउँमा पुग्दैनन् । राज्यकै पहुँच पुगेको छैन  ।  एनजीओ र  आइएनजीओे समूदायमा पहुँच पुर्याउन सकिरहेका छैनन् । तर सबैभन्दा बढी ठाउँमा पुग्ने भनेका मिडियाहरु हुन् । तर अहिलेसम्म  मिडियालाई बोलाएर कस्तो रणनीति बनाएर जाने भनेर तथ्यांक विभागले कुनै छलफल गर्न सकेको छैन ।

त्यसैले म के भन्न चाहन्छु भने अब समूदायको अध्ययन गर्दा तथ्यांक विभाग नचुकोस् र  जनचेतना जगाएर वास्तविक तथ्यांक बाहिर ल्याओस । तथ्यांक नआउँदा हक अधिकार पाउने स्थित बन्दैन् । त्यसैले सबै संघसंथाले चासो दिएर समूदायलाई  प्राथमिकतामा राखेर काम गर्यो भने हक अधिकार पाउन सजिलो हुनेछ । सिमान्तकृत वर्गहरुलाई मुलधारमा आउनको लागि मुलधारमै रहेका र त्यसबाटै छानिएका सरकारले स्वतः स्वीकार गर्नुपर्छ ।

संविधान सभामा हाम्रो प्रतिनिधित्व(म आफैं) पछि संविधानमा लेखियो ।  बल्लतल्ल कानुनहरु बने । तर पछिल्लो समय बनेका कानुनहरुमा यस समूदाका बारेमा एउटा पनि लेखिएको छैन । संविधानमा उल्लेख गरिएको व्यवस्था भन्दा उल्टोउल्टो कानुन लेखिएको छ । अहिले हाम्रो अभियानले राज्यका निकायहरुमा अर्थात निर्णय गर्ने ठाउँहरुमा हाम्रो समावेशिता कसरी बढाउने भन्ने अभियानमा जुटेका छौं ।

अभियानमा एउटा राजनीतिक बाटो छ भने अर्को संविधान अनुसारका कानुनहरु पारित गराउने दबाब दिन लागिरहेका छौं । तर विभेदकारी कानूनहरु हटाउन पहल भएको छैन् । समाज बदल्नलाई समाजको संस्कार, संस्कृति बदलिनु आवश्यक छ । आफ्नो पहिचानसहित केही व्यक्तिहरू खुलेका त छन् तर उनीहरूले आधारभूत अधिकार पाएका छैनन् । हरेक व्यक्तिको स्वपरिभाषित यौन अभिमुखीकरण र लैङ्गिक पहिचान ‘उनीहरूको व्यक्तित्वको अभिन्न अङ्ग’ हो र उनीहरूको पहिचान, व्यक्तिगत स्वायत्तता, प्रतिष्ठा र स्वतन्त्रताको आधारभूत पक्ष हो ।

सरल भाषामा भन्नुपर्दा लैङ्गिक पहिचानको कानूनी मान्यताको प्रक्रिया कुनै पनि चिकित्सकीय हस्तक्षेपबाट अलग हुनुपर्दछ । यदी कुनै व्यक्तिको व्यक्तिगत प्रक्रियाका लागि चिकित्सकीय सहायता जरुरी भएमा ती सेवाहरू सुलभ हुनु पर्दछ । पारलैङ्गिक व्यक्तिहरू सिमान्तकृत जिन्दगी सदाका लागि त्यागेर सामाजिक समानता र मर्यादित जीवनको आनन्द लिनका लागि लैङ्गिक पहिचानको कानुनी मान्यताको अधिकारको कार्यान्वयन हुनु महत्वपूर्ण छ ।

कानुनले व्यक्तिहरूलाई उनीहरू को हुन् भन्ने कुरा प्रतिबिम्बित नगर्ने पहिचान सूचक बोक्न बाध्य तुल्याउनु हुँदैन । साथै, कानुनले लैङ्गिक व्यक्तिहरूलाई मान्यता प्राप्त गर्न वा अन्य सम्बन्धित अधिकारहरू प्राप्त गर्न अनावश्यक चिकित्सकीय प्रक्रियाहरूबाट गुज्रन बाध्य बनाउनु हुँदैन ।

आफूलाई पारलिंगी हुँ भन्ने विश्वास गर्ने व्यक्तिहरूमा हर्मोन खाने र यौन अंग प्रत्यारोपण गर्ने क्रम पनि बढ्दो छ।अहिलेयौनिकतथालैंगिकअल्पसंख्यकसमुदायभित्रकोवैचारिकद्वन्द्वपनियहीदुईथरीपहिचानलाईलिएरछ।एकथरीले‘हामीमहिला, पुरुषभन्दा अलग हौं, हाम्रो शरीर हुर्काइ सबै प्राकृतिक हो, हामी तृतीय प्रकृतिका व्यक्ति हौं’ भनेर लिंगको महलमा ‘अन्य’ उल्लेख भएको नागरिकता लिइरहेका छन् ।

अर्का थरीले ‘हामी ‘पारलिंगी’ हौं, हामी बालक जन्मेका भए पनि महिलाको नागरिकता पाउनुपर्छ किनभने हाम्रो आत्मा महिलाको छ’ भन्छन् । त्यस्तै, ‘बालिका जन्मेका भए पनि पुरुषको नागरिकता पाउनुपर्छ, किनभने हाम्रो आत्मा पुरुषको छ’ भन्छन् । समस्या चाहीं ‘जैविकता, शारीरिक बनोट र सोचाइ उस्तै भएका व्यक्तिहरू’ मध्ये एक थरीले आफूलाई तृतीय प्रकृतिको भन्ने, अर्को थरीले पारलिंगी भन्ने, एक थरीलाई ‘अन्य’को नागरिकता दिनुपर्ने, अर्का थरीलाई ‘महिला’ वा ‘पुरुष’को नागरिकता दिनुपर्ने मागबाट सिर्जना भएको छ।पहिचानमादार्शनिकमान्यताकोफरकलेगर्दासबैतिरअन्योलरद्वन्द्वदेखिन्छ

पहिलो, हर्मोन र यौन अंग प्रत्यारोपणको प्रक्रिया आफैंमा जटिल छ।महँगोछरदीर्घकालीन‘साइडइफेक्ट’हरूजोडिएकाछन्।दोस्रो, नेपालमा यस्तो (हर्मोन र यौन अंग प्रत्यारोपणको) व्यवस्था छैन।विदेशनैजानुपर्नेहुन्छ।पैसाहुनेलेगर्नसक्नेभए।पैसानहुनेमहिलावापुरुषबन्नेअवसरबाटवञ्चितहुनेभए

महिला वा पुरुष बन्नका लागि हर्मोन खाने र यौन अंग प्रत्यारोपण गर्ने विषय कानुनले सम्बोधन गरेको छैन।सम्बन्धितसरकारी निकायबाट कुनै नीति नियम र अनुगमन नहुँदा हर्मोन खाने र यौन अंग प्रत्यारोपण गर्ने काम लुकीछिपी र जोखिमपूर्ण तरिकाले भइरहेको छ।र, यस्ता नागरिकता लिन आउने निवेदनमाथि राज्यका विभिन्न निकायले यौन अंग प्रत्यारोपण गरेको प्रमाणपत्र माग गर्ने हुँदा कानुनमै नभएको कुरा उहाँहरूले माग गर्नु आफैंमा गैरकानुनी देखिन्छ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अभियानले अब राजनीतिक, सामाजिक बहस, सांस्कृतिक सहभागिता, राष्ट्रिय चासोका मुद्दाहरू, देशको अर्थनीति लगायतका विषयहरूमा छलफल र अध्ययन गर्न आवश्यक देखिन्छ

मेरो बुझाइमा, तृतीय प्रकृतिका व्यक्तिहरूको मान्यतासहित ‘अन्य’ भनेर नागरिकता लिँदा व्यावहारिक रूपमा सहज हुने, हर्मोन र यौन अंग प्रत्यारोपणको आवश्यकता नपर्ने र हाम्रो पूर्वीय दर्शन अनुसार परापूर्वकालदेखि स्वीकार गरेको हुँदा समाजमा स्थापित हुन पनि तुलनात्मक रूपमा सहज हुने देखिएको छ।तरकसैलेमन्त्रीस्तरीयनिर्णयबाटैमहिलाकोनागरिकतालिनुभएकोछभनेत्यसमामेरोविरोधछैन।भोलिनेपालकोसार्वभौमसंसद्लेपारलिंगीहरूलाईमहिलावापुरुषबन्नपाउनेसहुलियतदिन्छरमहिलावापुरुषकैनागरिकतादिन्छभनेपनिमेरोभन्नुकेहीछैन

तर केही पश्चिमा देशहरूले पारलिंगीहरूलाई महिला र पुरुष बन्ने र सोही अनुसार नागरिकता पाउने व्यवस्था गरेको छ।तर, ती देशहरूमा नेपालको जस्तो तृतीय प्रकृतिको व्यक्तिहरूलाई महिला वा पुरुष बाहेकको ‘अन्य’ भनेर पहिचान दिने व्यवस्था छैन

कतिपयले समलिङ्गी र तेस्रोलिंगी हुनुलाई मानसिक रोगका रूपमा बुझदछन् । विश्व स्वास्थ्य संगठनले यसलाई कुनै मानसिक रोग नभई प्राकृतिक मानवीय स्वभाव हो भनेर घोषणा गरेको छ ।  महिलाहरूलाई छोराकी आमाको रूपमा हेरेर समाजमा केही न केही स्थान दिएको देखिन्छ तर उनीहरूको छुट्टै अस्तित्व हुन्छ भन्ने स्वीकारेको देखिँदैन ।

महिलालाई त नगनेको पितृसत्ताले अन्य यौनिकता भएकालाई स्वीकार्ने कुरै भएन । पुरुषहरूले आफू दिने तहको रहेको सम्झेका छन् ।  महिला लगायत अन्य समुदाय लिने तहको रूपमा पीडित छन् ।  लैङ्गिकताको सवालमा समान नभएता पनि आन्दोलन हुन नसक्नु महिला र अन्य लिङ्गीमा पनि पितृसत्ता हावी नै मुख्य कारण हो ।

यदि पुरुषले नै सन्तान जन्माएर वंश धानिदिनुपर्ने भए अहिले भएका अधिकार पनि पाउँदैनथ्यो यो समुदायले । महिला र पुरुषको सवालमा जसरी बराबर हो अन्य पनि त्यही नै हो भनेर बुझ्न ढिलो हुँदैछ । लैङ्गिकताका सवालमा २१ ओटा कानूनहरु संसोधन गर्नुपर्ने छन् । यस विषयमा वितेका दुई बर्षदेखि महिला मन्त्रालय, कानून मन्त्रालयगृह मन्त्रालय, र  प्रधानमन्त्रीको  कार्यालयको पनि कानूनी विभागसँग छलफल गरिसकेका छौं । 

छलफलपछि महिला मन्त्रालयले जेष्ठ नागरिक, बालबालिका र  अपांग भएका महिलाहरु साथै लैंगिक अल्पसंख्यक महिलाहरुसँग छलफल गरेर कानून परिवर्तन गर्छौं भनेको सात वर्ष भइसकेको छ ।

त्यतिबेला महिला, बालबालिका मन्त्रालयले विशेष कानुन बनाएर लागू गर्ने आश्वासन दियो । हामीले तेस्रोलिंगीहरूको समुदायलाई पनि मुलुकी ऐन साधारण कानुन हो, तपाईंहरुको कुरा सम्बोधन गर्न छुट्टै विधेयक ल्याउनतिर जोड गर्नुहोस भनेका छौं । ऐन अहिलेसम्म आएको छैन ।

वितेको सात वर्ष पनि खासै उपलब्धी नहुँदा समूदाय सम्बन्धी कानुन  परिवर्तनको लागी कानून आयोगसँग पनि गरेका छौं । अब साउन लागेपछि बजेट पनि आउँछ । कानून परिवर्तनको सन्दर्भमा २१ वटा कानूनहरु  विधेयकको रुपमा लग्नेछौं । सरकार  नै  हाम्रो  यस्तै   छ एकचोटी बोलेको  कहिले  सुन्दैन । अनि बारम्बार घच्घच्याँइ  राख्नुपर्छ । त्यसमाथि पहुँच भएकाहरु र  सम्पन्न वर्गहरुको कुरा धेरै सुनिन्छ ।

यसमा अल्पसंख्यक सिमान्तकृतको कुरा सरकारले चासोका साथ सुनेको देखिँदैन ।  हामीले ०८४ को चुनावमा हाम्रो अधिकार कुण्ठित हुनु भएन भनेर अर्को मुद्दा हालिसकेका छौं । निर्वाचन ऐनमा धारा ४२ अनुसारको जुनजुन समूदायलाई  राज्यका सबै  निकायमा समावेश गराउन भनेको थियो त्यहीँ अनुसार निर्वाचन ऐनले समूदायलाई  छुटाएकाले सोही अनुसार कानुन बनाउन भनेका छौं । कानुनको अभावमा राजनीतिक दलले हामीलाई कोटामा राखेर उमेद्वार बनाउँदैनन् । त्यसमा परिवर्तन हुनुपर्यो भनेर मुद्दा हालेका छौं । त्यसको सुनुवाइ यहीँ साउनमा हुनेछ । जिन्दगीको सबैभन्दा गार्यो कुरा यही नै हो जो पहिचानका लागि र विभेदविरुद्ध लड्नुपरिरहेको छ । अब हामी समुदायका व्यक्तिलाई राजनीतिमा सक्रिय गराउन शसक्त योजना र रणनीतिका साथ काम गर्नेछौं ।

(यौनिक तथा लैङ्गिक अल्पसंख्या समूदायबाट संविधान सभा सदस्य बनिसकेका सुनिलबाबु पन्तसँग कुराकानीमा आधारित । उनी मायाको पहिचान नेपाल संस्थाको कार्यकारी निर्देशक समेत हुन् )

प्रतिक्रिया दिनुहोस्