३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार

उरुग्वे कोपामा तेस्रो स्थानमा

३० असार , काठमाडौं । उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । अमेरिकाका क्यारोलिनामा आइतबार विहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यनडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको स मयमा दुवै टिमले दुई दुई गोलको बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

सुरुआती अग्रता उरुग्वेले लिए पनि अग्रता जोगाउन असफल भएको थियो । एक समय पछि परेको अवस्थामा अतिरिक्त समयका दोस्रो मिनेटमा लुईस सुवारेजले गोल गर्दै खेल पेनाल्टीमा लगेका थिए ।

आठौं मिनेटमा रोड्रिगो बेन्टकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा क्यानडाका स्मेल कोनले गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याएका थिए ।

८० औं मिनेटमा क्यानडाले अग्रता लिएको थियो । जोनाथन डेभिडले गोल गरेपछि क्यनडा २–१ ले अघि बढ्यो । तर, अतिरिक्त समयको दोस्रो मिनेटमा सुवारेजले गोल गर्दै खेल पेनाल्टी सूटआउट लगे र अन्ततः उरुग्वेलाई नै जिताए ।

जसमा उरुग्वेका चार वटै पेनाल्टी गोलमा परिणत हुँदा क्यानडाका ३ खेलाडीको मात्रै बल गोलमा परिणत भयो । उरुग्वेका लागि फेडरिको भाल्भाडे, रोड्रिगो बेन्टकुर, जियोरजियन डेनियल बेन्डिट र लुइस सुवारेजले गोल गरेका थिए ।

उता क्यानडाका जोनाथन डेभिड, मोइस बोमबिटो, म्याथ्यु चियोनिरेले मात्र गोल गर्दा इस्मेल कोने र अल्फानोस डेभिसको प्रहार खेर गरेको थियो । कोपा अमेरिकाको उपाधिका लागि सोमबार विहान अर्जेन्टिना र कोलम्बिया आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्