१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन निर्देशन

३० असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सो अवसरमा उनीहरुसँग दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै सबै उपायको अवलम्बन गरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुनन् । सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उहाँले धन्यवाद दिए।

प्रधानमन्त्री दाहालले सो अवसरमा सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । राजनीतिक परिस्थिति जेजस्तो भए पनि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित तथा अविछिन्न रुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्