५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो : अध्यक्ष मगर

३० असार , काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको टिप्पणी गरेका छन् ।

आइतबार आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानवअधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे ।

उनले भने,‘सबै मानव अधिकार संरक्षणसम्बन्धी प्रवद्र्धनको लागि बढी ध्यान दिनुपर्छ । अधिकार संरक्षणमा कसरी अगाडि बढ्न सकिन्छ भनेर काम गरिरहेका छौं । सरकारले त राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्छ । संकुचन गर्न खोज्छ, त्यसैले यस विषयमा छलफल गर्नुपर्ने आवश्यक्ता छ ।’

उनले आयोगले भइरहेको ऐनमा सुधार,कर्मचारीहरुको ऐन र मानव अधिकार रक्षकहरु सम्बन्धी तीनवटै ऐन बनाउनुपर्ने अवस्था भएतापनि तीनवटा ऐन बनाएर लैजान नसकिने बताए ।

उनले तीनवटा ऐन छुट्टै लैजाँदा अफठ्यारो भएका कारण तीनवटै ऐनलाई एकैठाउँमा लिएर जाने बताए ।

उनले भने,‘राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै ऐन बनाउनु पर्नेछ । भइरहेको ऐनमा केही सुधार गर्नुपर्ने छ । त्यस्तै कर्मचारीहरुको ऐन, मानव अधिकार रक्षक सम्बन्धी ऐनपनि ल्याउनुपर्ने अवस्था छ । तीनवटै ऐनलाई एकैठाउँमा राखेर अघि बढ्नुपर्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस्